FAQs Complain Problems

आयोजना सम्झौताको लागि आवश्यक कागजातहरु

आयोजना सम्झौताको लागि नगरपालिकामा बुझाउनु पर्ने आवश्यक कागजातहरु निम्न लिखित छन् ।

१) चालु आ.व. मा योजना तथा कार्यक्रमको लागि बजेट स्वीकृत भएको हुनु पर्ने ।
२) उपभोक्ता समिति गठन गर्ने आम भेलाको निर्णयको प्रतिलिपि पेश गर्नु पर्ने ।
३) सम्बन्धित वडा कार्यालयको सिफारिस ।
४) उपभोक्ता समितिका सदस्यहरुको नागरिकताको प्रतिलिपि ।
५) पूर्वाधार निर्माण सम्बन्धमा ( प्राविधिकबाट आयोजनाको लागत अनुमान विवरण ) ।
६) कार्यक्रम संचालन सम्बन्धमा (प्रस्तावना (प्रपोजल) तयार गरी पेश गर्ने र नगरपालिकाबाट स्वीकृत हुनु पर्ने ) ।
७) उपभोक्ता समितिबाट सम्झौताको लागि जिम्मेवार पदाधिकारी तोकिएको उपभोक्ता समितिको निर्णय ।
८) खाता सञ्चालन गर्ने पदाधिकारी तोकिएको निर्णय र खाता सञ्चालनको लागि आवश्यक कागजातहरु ।